Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गर्‍यो : देउवा

Tuesday, November 26, 2019 National Power

विराटनगर –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गरेको टिप्पणी गरेका छन् । कालापानी र सुस्ता क्षेत्रलाई विवादित भूमि भनेर मानेको तर अचानक नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको उनले बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भने, कालापानी र सुस्ता विवादास्पद ठाउँ हो भनेर उनीहरुले मानेका हुन् । अहिले अचानक जम्मू कश्मीर हाल्यो, नेपालको पनि हालिदियो । पाकिस्तान र नेपाललाई बराबर जस्तो गरिदियो नि ।’

त्यही कारण आफूहरुले प्रधानमन्त्री ओलीलाई अगाडि बढ्नुस्, हामी साथमा छौं भनेको उनले सुनाए । तर सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुराको जमिन फिर्ता गराउन सरकारले सार्थक पहल नगरेको देउवाको आरोप छ । कांग्रेस सभापति देउवाले भने, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो जमिन हो । तर सरकारले हाम्रो अतिक्रमित भूमि फिर्ता गराउन कूटनीतिक पहल गरेको देखिएन ।’