Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

विलियम्सनले भने :आर्चरसित माफी माग्छु

Tuesday, November 26, 2019 National Power

काठमाडौं – न्यूजिल्यान्ड क्रिकेट टिमका कप्तान केन विलियम्सनले रंगभेदसम्बन्धी विवादलाई लिएर ईंग्ल्यान्डका बलर जोफ्रा आर्चरसित माफी माग्ने भएका छन् । दुई देशबीच माउन्ट माउन्गानुइमा भएको पहिलो टेस्टको अन्तिम दिन आर्चरमाथि न्यूजिल्यान्डका एक समर्थकबाट रंगभेदी टिप्पणी भएको थियो ।

विलियम्सनले आर्चरले सोमबार राति ट्विटरमा लेख्नुभन्दा अगाडिसम्म यो घटनाका बारेमा आफू र आफ्ना टिमका साथीहरु कसैलाई थाहा नभएको बताएका छन् । तैपनि उनी न्यूजिल्याण्डका समर्थकहरुको तर्फबाट माफी माग्न तयार भएका हुन् । न्यूजिल्यान्ड र ईंग्ल्यान्डबीचको दोस्रो टेस्टका दौरान आफूले माफी माग्ने उनले बताए ।

‘म आशा गर्छु कि भविष्यमा यस्तो घटना कहिल्यै हुने छैन । हाम्रो देश आफैंमा जातीय विविधतायुक्त छ । हामी रंगको आधारमा कसैको अपमान गर्दैनौं ।’ न्यूजिल्यान्डको क्रिकेट बोर्डले पनि यस घटनालाई लिएर आर्चरसँग माफी मागिने भन्दै विज्ञप्ति जारी गरेको छ । यस्ता घटनामा शून्य सहनशीलताको नीति लिइएको बोर्डको भनाइ छ ।

न्यूजिल्यान्डविरुद्धको टेस्टमा ईंग्ल्यान्डले लज्जास्पद हार व्यहोरेको थियो । सो म्याचमा आर्चर आउट भएर बाहिरिँदा भीडबाट एकजनाले रंगभेदी टिप्पणी गरेको आर्चरले बताएका छन् ।