Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नायक राजेश हमाल लोकराजको ‘मैले चोट खाँदा’ मा

Tuesday, November 12, 2019 National Power

काठमाडौँ – सञ्चारकर्मी एवं गीतकार लोकराज अधिकारीको नयाँ आधुनिक गजल गीत ‘मैले चोट खाँदा’ को भिडियो सार्वजनिक भएको छ । गीतकार अधिकारीको शब्द तथा हरी लम्सालको संगीत रहेको गीतमा गायिका रेणु बिष्ट (केसी) को एकल आवाज रहेको छ ।

त्यस्तै फणिन्द्र राइले संगीत संयोजन गरेको ‘मैले चोट खाँदा’ गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको साथमा कमला दाहाल, आश्मा अधिकारी सुन्दर ख्वाश, उर्वशी बिकलगायत कलाकारले फिल्मी सैलिमा नै अभिनय गरेका छन् । निर्देशक शिव बिकले भिडियोको निर्देशन गरेका छन् भने रामेश्वर कार्कीले खिचेका हुन् ।

मिलन विश्वकर्माले सम्पादन गरेको सो भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । चलचित्र जगतकै धारबाहिक बिषय तथा प्रेम प्रसङ्गलाई गीतको भिडियोमा चित्रण गरेको गीतकार अधिकारीले जानकारी दिए ।

गीतले मायाप्रेमका सुख या दुखका यथार्थ घटनालाई दर्शाएको र भिडियोमा पनि देखाइएकोले दर्शक स्रोताको माया पाउने अधिकारीले जिकिर गरे । उनका रचनामा चलचित्र सत्रुगतेको ‘रुपै मोहनी’ लगायत दर्जनको हाराहारीमा गीत सांगीतिक बजारमा छन् ।

त्यस्तै गीतकार लोकराजकै शब्द रचनामा गायिका अञ्जु पन्तको आवाजमा तिम्ले पराइ ठानेपछी, मर्छु बरु छट्पटिमा, हेरन आकाशैमा, झ्यालको पर्दा, तनको चोट भुलिसकेँ, खरको छानोलगायत करिब आधा दर्जन गीतले बजारमा निक्कै चर्चा पाइसकेका छन् ।