Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ससुराली हिँडेका केदारले गरे बाटैमा श्रीमतीको हत्या

Tuesday, November 5, 2019 National Power

वीरगञ्ज – पर्साको जिराभवानी गाउँपालिका–३ परसवाकी १९ बर्षीया निपुदेवीको श्रीमानले नै हत्या गरेको पुष्टि भएको छ । निपुदेवीका श्रीमान २८ बर्षीय केदार भन्ने रामबाबु हजरा दुसादलाई प्रहरीले पक्राउ गरेको छ । उनले पनि श्रीमातीको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।

प्रहरीकाअनुसार केदार सालीको गौनामा सहभागी हुन श्रीमतीलाई लिएर भारतको बेतिया जिल्ला बरवा पञ्चायत–१० भंगवा थानास्थित ससुराली हिँडेका थिए । तर बाटोमा उनीहरुबीच विवाद भयो । त्यही क्रममा केदार मोटरसाइकलमा पेट्रोल सक्कियो, म पेट्रोल लिएर आउँछु भन्दै श्रीमतीलाई त्यही छाडेर आए । बाघमोर्चा चोकबाट आएका उनले १५ रुपैयाँमा चक्कु किनेर फर्किए । उनले श्रीमती निपुलाई ओरिया खोलाको छेउमा रहेको वनतुलसीको झाडीमा लगेर घाँटी रेटेर हत्या गरेको पाइएको छ ।

हत्यापछि निपुको शवलाई त्यहीँ फालेर हिँडेका केदार श्रीमति हराइन भन्दै खोजी गर्दै हिँडेका थिए । ससुरा कपिललाई पनि आफू पेट्रोल लिन जाँदा निपुले छोडेर भागिन भनेका थिए । खोजविन गर्ने क्रममा गोठालाल उनको शव भेटिएको भन्दै उनले नै प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरकाअनुसार केदारले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । ‘श्रीमतीलाई छोडेर कामका लागि बाहिर बस्दोरहेछ, अरु केटासँग कुरा नगर्न भन्दोरहेछ’ प्रहरी उपरीक्षक रौठौरले भने ‘त्यसदिन ससुराली जाँदै गर्दा यस्तै विषयमा उनीहरुबीच विवाद भएको रहेछ, आक्रोशमा आएर हत्या गरेको भनी उसले स्वीकार गरेको छ ।’ केदारविरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाउने प्रहरीको तयारी छ ।