Tuesday 28th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सुनकोशी बस दुर्घटना अपडेटः १३ जनाको मृत्यु, घाइते २० जनाको उपचार हुँदै

Sunday, November 3, 2019 National Power

सिन्धुपाल्चोक– सुनकोशी नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ। घाइते २० जनाको सदाबहार अस्पताल खाडीचौर र प्राथमिक स्वास्थ्य केन्द्र दोलालघाटमा उपचार भइरहेको छ। नदीमा हराइरहेकाहरुको खोजी कार्य जारी छ। दोलखाको मागादेउरालीबाट काठमाडौंतर्फ आएको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो। चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकेटेस्थित अरनिको राजमार्गमा बस दुर्घटनामा परेको थियो।

प्रहरीले बस तीव्र गतिका कारण अनियन्त्रित भई नदीमा खसेको अनुमान गरेको छ। शैलुङ्गेश्वरी यातायातको बस दिउँसो सवा एक बजे नदीमा खसेको थियो। दुर्घटनापछि बसमा सवार यात्रुको सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेका थिए।