Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

दशैंको टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा

Monday, September 9, 2019 National Power

काठमाडौं- दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यस वर्षको दशैंको टीका असोज २१ गते मंगलबार परेको छ ।

नेपाल पञ्चांग निर्णायकसमितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले साइत नै खोजेर दशैंको टीका लगाउनेका लागि विजयादशमीको दिन बिहान १०ः३५ बजेको समय उत्तम रहेको बताए । यद्यपि दशैंको टीकालाई देवी भगवतीको प्रसादको रुपमा लिइने हुँदा दिनभरी पनि टीका लगाउन सकिने गौतम बताउँछन् ।