Saturday 25th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

लुटेरा समूहसँग प्रहरीको पेस्तोल !

Sunday, September 8, 2019 National Power

काठमाडौं – प्रहरीसँग मात्रै हुने पेस्तोल लुटेरा समूहबाट बरामद भएको छ । शनिबार पक्राउ परेका लुटपाटमा संलग्न ८ जनाबाट प्रहरीले दुईवटा ७.२२ एमएम चाइनिज पेस्तोल, ४ राउण्ड गोली र २ थान म्यागजिन पनि बरामद गरेको थियो ।

उनीहरुबाट बरामद भएका पेस्तोल प्रहरीसँग मात्रै हुने काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले बताए । द्वन्द्वकालमा माओवादीले लुटेको पेस्तोल लुटेरा समूहसँग पुगेको हुन सक्ने प्रहरीको अनुमान छ ।

पक्राउ परेका ८ जनामध्ये रसुवाका यार्साङ घले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएकोले माओवादीले लुटेको पेस्तोल हुनसक्ने आशंका गरिएको हो । यसबारे थप अनुसन्धान भइरहेको एसपी सिंहले बताए ।