Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बेथानचोकमा तिज धमाका – २०७६

Sunday, September 1, 2019 National Power

काभ्रे – बनेपा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर परेर बेथानचोक गाउँपालिकाको स्थानीय कलाकारले तिज विशेष कार्यक्रम सम्पन्न गरेका छ्न ।

महिलाहरुको महान पर्व हरितालि तिज आउन केही दिन मात्र बाँकी छ । केही दिन मात्र बाँकी रहदा बेथानचोक गाउँपालिकाको कलाकारले अरु गाउँपालिका तथा नगरपालिकाको कलाकारले आयोजना गर्ने नसकेको काम बेथानचोक गाउँपालिकाको कलाकारले गरेका छ्न । बेथानचोक गाउँपलिका अध्यक्षको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कलाकारहरुले तिज लाई माध्यनजर गर्दै बेथानचोक तिज धमाका २०७६ कार्यक्रम आयोजना गरेका थिए । स्थानीय कलाकारको साथै राष्ट्रिय कलाकारहरुको पनि सहभागिता रहेको थियो । गणेश केसि , भगवान खत्री बिक्रम गौतम , मानव राज , पाल्देन लामा अशोक तामाङ , अमर कृष्ण चन्द , सोनिया डिसि लगायतका चर्चित कलाकारको साथमा स्थानीय प्रतिभाहरुको बेजोड प्रस्तुतिमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम यहीँ भदौ १४ गते शनिबारका दिन श्री कालिका माबि बेथानचोक गाउँपालिका ४ पटिखर्कमा स्थानीय कलाकारको आयोजनामा बेथानचोक तिज धमाका २०७६ कार्यक्रम सम्पन्न भएको थियो ।