Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

तुर्किस्तान पठाइदिने भनेर ठगी गरेको आरोपमा एक पक्राउ

Wednesday, August 28, 2019 National Power

काठमाडौं- प्रहरीले तुर्किस्तान पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका ३४ वर्षीय हर्कबहादुर तामाङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी सुशील सिंह राठौरका अनुसार तामाङलाई बुधबार जोरपाटी क्षेत्रबाट पक्राउ गरिएको हो । उनी गाडी चालक हुन् ।

‘उनले भोजपुरका उमेशकुमार तामाङलाई तुर्किस्तानमा सेक्यूरिटी गार्डमा जागिर लगाइदिन्छु भनेर ३ लाख रुपैयाँ ठगी गरेर सम्पर्क विहीन भएको उजुरी परेको थियो’, राठौरले भने, ‘अनुसन्धानका सिलसिलनमा हामीले उनलाई पक्राउ गरेका छौं ।’

उनका अनुसार तामाङले अन्य ४ जनाबाट पनि ३ लाख रुपैयाँको दरले रकम लिएर ठगी गरेको खुलेको छ । सोही प्रकृतिका घटना दोहोरिनसक्ने भएकाले सचेत रहनसमेत महाशाखाले अनुरोध गरेको छ ।