Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

नेकपा सांसदले सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई जात्राको संज्ञा दिए

Monday, August 26, 2019 National Power

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गजेन्द्रबहादुर महतले चितवनमा सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई जात्राको संज्ञा दिएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले चितवनमा चलेको ‘जात्रा’बारे श्रम मन्त्रालय र गृह मन्त्रालय बढी सचेत हुनुपर्ने पनि बताए । ‘यो जात्राका बारेमा सरकार गम्भीर हुनुपर्छ । त्यसमा पनि श्रम मन्त्रालय र गृह मन्त्रालय जिम्मेवार र गम्भीर हुनुपर्छ’ उनले भने ।

देशमा धेरै व्यक्ति बेरोजगार भएकाले चितवनमा भइरहेको प्रदर्शनमा प्रदर्शनकारीको संख्या बढेको सांसद महतको भनाइ छ । ‘श्रम मन्त्रालय अहिले रोजगारीमा जान पनि नदिने रोजगारी भएकालाई पनि फिर्ता ल्याएर बेरोजगार बनाइदिने । अनि रोजगारी दिन पनि नसक्ने । त्यसैले या हुलको जत्था जम्मा भएको छ,’ उनले भने ।

त्यस्तै गृह मन्त्रालयले सामान्य व्यक्तिको समस्या, गुनासो सम्बोधन नगर्दा पनि यो समस्या आएको उनलेल बताए । ‘गृह मन्त्रालयले जनताको मुद्दा हेर्दैन । हाम्रो गाउँका मान्छे कुखुरा च्यापेर धजा फूलचामल लिएर मन्दिर मन्दिरमा जान्छन् । शहरका मान्छे टीभी च्यानलमा पुग्छन् आफ्नो मुद्दा बोकेर । जसका कारण अहिले यो जात्रा भएको कुरा थाहा पाउनुपर्छ गृह मन्त्रालयले । यही कुरा श्रम मन्त्रालयले पनि थाहा पाउनुपर्छ,’ सांसद महतले भने ।

गृह मन्त्रालयले हेर्नुपर्ने मुद्दा नहेरेर नहेर्नु पर्ने मुद्दा हेरिरहेको पनि उनले आरोप लगाए । उमेर पुगेका युवक युवती होटलमा बसेको विषयमा निगरानी गर्ने गृह मन्त्रालयले सर्वसाधारणको जायज गुनासो सम्बोधन नगर्दा यो अवस्था आएको सांसद महतले बताए ।

‘हेर्नुपर्ने मुद्दा हेर्दैन नहेर्नु पर्ने मुद्दा हेर्छ, त्यसैले यो जात्रा बढी चलिरहेको छ । यो बारेमा गृह मन्त्रालय र श्रम मन्न्त्रालय चनाखो हुनुपर्छ । होइन भने यो मुद्दा कहाँसम्म पुग्छ म भन्न सक्दिन,’ उनले भने ।