Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

निर्देशक बन्दै आमिर खानकी छोरी

Saturday, August 24, 2019 National Power

अभिनेता आमिर खानकी छोरी इरा खानले चाँडै नै डेब्यू गर्ने भएकी छिन् । उनले चाँडै नै यूरिपाइड्स मेडिया नामक नाटकको निर्देशन गर्ने भएकी हुन् । यससँगै उनले थिएटरमा डेब्यू गर्नेछिन् । हालै मात्र यस बारेमा उनका बुवा आमिर खानले पनि एउटा अन्तर्वार्ताका क्रममा यो कुराको संकेत गरेका थिए ।

इरा खानका झुकाव निर्देशनतर्फ बढि छ । उनले आफ्नो सामाजिक सञ्जालमा पनि नाटकको रिहर्सलका केही झलकहरु शेयर गरेकी छिन् । अहिले आएर फिल्म समीक्षक तरण आदर्शले पनि यो कुराको पुष्टि गर्दै इरा खान चाँडै नै आफ्नो नाटकको निर्देशन गर्न गइरहेको उल्लेख गरेका छन् ।

यसबारेमा तरण आदर्शले ट्वीट गर्दै लेखेका छन्(‘थिएटर प्रोडक्सनसँग आमिर खानकी छोरी इरा खान निर्देशक बन्न जाँदैछिन् । उक्त नाटकको नाम यूरिपाइड्स मेडिया हुनेछ । यो भारतका केही सिमित शहरहरुमा मात्र प्रदर्शन हुनेछ । यो नाटकको अभ्यास चाँडै नै प्रारम्भ हुनेछ । यो नाटकको प्रिमियरसँग डिसेम्बर २०१९ मा हुनेछ ।’

हालैमात्र इरा खानले सामाजिक सञ्जालमा आफ्ना प्रेमि मिशाल किर्पलानीसँग थुप्रै तस्वीर सार्वजनिक गरेकी थिइन् । ती तस्बिरहरुमा उनीहरुको बीचको केमेष्ट्रि देख्न पाइएको थियो । इरा खानले एउटा प्रश्नको जवाफ दिँदै आफ्नो सम्बन्धको कुरा सार्वजनिक गरिदिएकी थिइन् । उक्त तस्बिर भाइरल भएपछि इराले सामाजिक सञ्जालमै थप केही तस्बिरहरु सार्वजनिक गरेकी छिन् ।

इरा खानले नाटकमा डेब्यू गरेपछि निकट भविष्यमै उनी फिल्मकै निर्देशन गर्ने सम्भावना समेत अत्यधिक रहेको बताइन्छ । अहिले यो कुराको अनुमान मात्र लगाइएको हो । आमिर खानले पनि आफ्नी छोरीमा एउटा निर्देशकमा हुनुपर्ने प्रसस्त सम्भावना देखिएको एउटा अन्तर्वार्ताका क्रममा बताएका थिए ।