Tuesday 28th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

रविका वकिलले म्याद थपिएपछि भने:अदालतले ठीक निर्णय गरेन

Wednesday, August 21, 2019 National Power

चितवन – वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रहरी हिरासतमा रहेका रवि लामिछानेसहित तीनजनालाई म्याद थपिएकोमा असन्तुष्टि जनाएका छन्। उनले हिरासतमा राख्नुपर्ने कारण नभए पनि अदालतबाट म्याद थप गरिएको बताएका छन्।

रविका तर्फबाट बहस गरेका पन्तले पत्रकार सम्मेलन गरी आरोपीको तर्फबाट अनुसन्धानमा समस्या नहुने भए पनि म्याद थप गरिएको बताएका हुन्। अदालतको निर्णयमा असन्तुष्टि जनाएका उनले यसरी म्याद थप गरिएकोमा आश्चर्य व्यक्त गरे। उनका अनुसार सिसी क्यामेरा फुटेज र भिसेरा रिपोर्टबारेमा अनुसन्धान गर्नुपर्ने भएकाले बादीकातर्फबाट १० दिनको समय माग गरिएको थियो ।

रविका कारण थप अनुसन्धानमा अफ्ठ्यारो नआउने स्पष्ट देखिए पनि म्याद थपिएको भन्दै उनले गुनासो गरे। पन्तले आरोपीले अनुसन्धानलाई प्रभावित पार्ने कुनै गतिविधि गर्न नसक्ने अवस्थाबारे बहस गरे पनि ५ दिन म्याद थप गरिएको बताए ।

बादीका तर्फबाट जिल्ला न्यायाधीवक्ता यदुनाथ शर्माले र प्रतिवादीका तर्फबाट सुशील पन्त, सुनिल पोखरेल र चुडामणी सापकोटाले बहस गरेका थिए । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की अनुसन्धानका लागि दोस्रो पटक अदालतबाट म्याद थप गरिएपछि हिरासतमै बस्नुपर्ने भएको छ ।

जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्ष्कक दानबहादुर मल्लले बताए । रविसहित तीनजनाविरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ । पत्रकार पुडासैनी नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा गत साउन २० गते झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।