Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

प्रदर्शनका बीच अदालत लगिए रवि लामिछाने

Friday, August 16, 2019 National Power

काठमाडौं – पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेलाई जिल्ला अदालत, चितवनमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर लामिछाने समर्थकले गरेको प्रदर्शनका बीच उनीसहित तीन जनालाई अदालत उपस्थित गराइएको हो ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले लामिछानेलाई अदालतमा उपस्थित गराइएको बताए । ‘अहिले म भिडकै बीचमा छु । उहाँलाई भित्र लगिसकिएको छ’, मल्लले भने, ‘थप अनुसन्धानका लागि हामीलाई अदालतले आज म्याद दिनेछ ।’ कानूनतः आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अदालतले अनुमति दिए प्रहरीले २५ दिनसम्म हिरासतमा राख्न सक्छ ।

लामिछानेसँगै बिहीबार पक्राउ परेका न्यूज २४ का पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीलाई पनि अदालतमा उपस्थित गराइएको छ । अदालतबाहिर प्रदर्शन गरिरहेका समर्थकले उनको रिहाइको माग गरिरहेका छन् । पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएपछि प्रहरीले बिहीबार काठमाडौंबाट रवि लामिछानेसहित ३ जनालाई नियन्त्रणमा लिएर चितवन लगिएको थियो ।