Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

साहरुख भन्छन्–‘एक्सन फिल्ममा काम गर्न मन छ’

Monday, August 12, 2019 National Power

बलिउडमा किङ खानले चिनिने नायक साहरुख खानले अहिले कुनै पनि चलचित्र साइन गरेका छैनन् । एउटा चलचित्र रिलिज नहुँदै, अर्को चलचित्र साइन गरेर बस्ने साहरुख यसपटक भने नयाँ चलचित्रमा तत्काल काम गर्ने मुडमा छैनन् ।

चलचित्र ‘जिरो’को असफलताले उनलाई धक्का दिएको छ । यही कारणले नै उनी नयाँ चलचित्रमा काम गरिहाल्ने सोचमा छैनन् । उनले अहिले धमाधम स्क्रिप्ट पढ्ने काम मात्र गरिरहेका छन् । साहरुखले आफ्नो करिअरमा यति लामो समय ब्रेक लिएको सायद पहिलो पटक हुन सक्छ ।

हालै एक अन्तरवार्तामा साहरुखले आफू अहिलेसम्म कुनै पनि चलचित्रमा अनुबन्धित नभएको बताएका छन् । उनले भने–‘मैले कुनै पनि चलचित्र साइन गरेको छैन । नयाँ नयाँ स्क्रिप्ट पढेरै मेरा दिनहरु बितिरहेका छन् ।’ साहरुखले अहिलेसम्म आफूले राम्रो स्क्रिप्ट नपाएको पनि बताएका छन् । उनले, राम्रो कथा पाउने वित्तिकै चलचित्र सुरु गर्ने बताए । क्यामेराको अघि पर्न नपाउँदा आफूलाई असहज भएको उनको तर्क छ । साहरुखले आफूलाई एक्सन चलचित्रमा काम गर्न मन लागेको पनि सुनाएका छन् ।