Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

नेपाली युवतीलाई दिल्लीमा बेचेको अरोपमा दुई जना पक्राउ

Sunday, August 11, 2019 National Power

काठमाडौं – मानव बेचबिखनमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका अजय तामाङ र राजु तामाङ छन् । विशेष सुराकीका आधारमा उनीहरुलाई भक्तपुरको जगातीबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले बताए ।

प्रहरीका अनुसार नुवाकोटका युवतीलाई नयाँ दिल्लीमा आकर्षक काम लगाइदिन्छु भनेर उनीहरुले प्रलोभन देखाउने गरेका थिए । अनुसन्धानका क्रममा उनीहरुको दिल्लीस्थित एक कोठी सञ्चालकसँग कनेक्सन देखिएको थियो । नेपालबाट युवती भारत लगेर देहव्यापारमा लगाइएको हुनसक्ने देखिएको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् । ‘भाइबर र ह्वाट्स एपमा पनि सोही प्रकृतिको विवरण देखिन्छ’, एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।

अहिले प्रहरीले दुवै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालेको छ । उनीहरुबाट पीडित अन्य व्यक्तिको पनि प्रहरीले खोजी गरिरहेको छ ।