Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

श्रीमतीले चक्कुले हान्दा श्रीमानको मृत्यु

Sunday, August 11, 2019 National Power

काठमाडौं – चक्कु प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको छ । तरकारी काट्ने चक्कु प्रहार गरी २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको हत्या गरेको अभियोगमा २५ वर्षकी शिला घलेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएका स्याङ्तानलाई सामान्य घरायसी विवादको क्रममा शिलाले तरकारी काट्ने चक्कुले छाती र ढाडमा प्रहार गरेको प्रहरीको भनाइ छ । चक्कु प्रहारबाट घाइते भएका जालमानलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

घटनालगत्तै महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीको टोलीले मकवानपुर गढी गाउँपालिका–८ स्थायी घर भएकी घलेलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।