Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पूर्वउपसचिवको घरमा कसले हान्यो गोली ?

Tuesday, July 30, 2019 National Power

काठमाडौं – सोमबार राति करिब ९ बजे कलंकीमाई मन्दिरछेऊ रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा एक्कासि सिसा फुटेको आवाज आयो । शर्माकी १९ वर्षीया छोरी पढिरहेको कोठामा सिसा फुटेपछि घरका सदस्य त्यसतर्फ दौडिएर पुगे । त्यहाँ पुग्दा कोठाभित्र गोली जस्तो वस्तु देखियो । लगत्तै उनीहरुले प्रहरीलाई खबर गरे ।

‘हामी गएर हेर्दा पेस्तोल नभई सानो २.२ एमएम हतियारको जस्तो देखिने गोली बरामद भयो’, काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदी भन्छन्, ‘यो किसिमको गोली सिकार प्रयोजनका लागि प्रयोग हुने गर्छ ।’ गोली कसले र किन चलायो भन्ने विषयमा सुक्ष्म अनुसन्धान भइरहेको सुवेदीले अनलाइनखबरलाई बताए । हालसम्मको अनुसन्धानले दुर्घटनावस गोली चलेको हुनसक्ने देखाएको जनाइएको छ ।

तर, घटनापछि कसैको नियत थियोरथिएन भन्ने अझै निर्क्योल भइसकेको छैन । ‘हामीले वरिपरि रहेको घर र लाइसेन्स प्राप्त हतियार भएका व्यक्तिको छानबिन थालेका छौं’, प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सुवेदीले भने, ‘गोली चलेको हतियारवाहक मानिस भेटिएपछि थप खुल्छ ।’