Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

काभ्रे फेस्ट फेसन सो ग्रान्ड अडिसन शनिबार हुदै

Monday, July 29, 2019 National Power


अरबिन्द्र गौतम / बनेपा
१३ , साउन / बनेपा – काभ्रेको बनेपामा पहिलो पल्ट एल एण्ड न मोडेल एजेनसीले पहिलो अडिसन सम्पन्न गरेको छ । यहीँ आउदो शनिबारका दिन ग्रान्ड अडिसन गर्ने लागेको छ ।

मोडेल बन्नेहरुको लागि सुनौलो अवसर भन्दै यस संस्थाले १३ देखी ३० बर्षका बिबाहित ,अबिबाहित, केटा, केटी सम्पूर्णले आबेदन फारम भर्न सक्ने भन्दै आबेदन शुल्क जम्मा १००० मात्र लाग्ने र सेलेक्ट भैसकेपछि अन्य कुनै पनि सुल्क नलाग्ने समेत जानकारि दिएको छ । आगामी भाद्र १८ गते शनिबारका दिन बनेपामा बनेपाको पार्टी भेनुमा बिहान ११ बजे देखि ३ बजे सम्म अडिसन हुने समेत यस संस्थाका प्रबन्ध निर्देशक नितेन कर्ण कायस्थले जानकारी दिनु भयो ।

काठमाडौ लगाएत जनकपुर,बर्दिबास,मिर्चैया र लहानमा यस संस्थाले भव्य र सव्यताका साथ फेसन सो आयोजना गरीसकेको भन्दै काभ्रेको बनेपामा लाईभ कन्र्सर्ट सँगै फेसन सो आयोजना गर्न लागेको उनले बताए ।

एक हजार दर्ता शुल्क सँगै आयोजकले तालीम,मेकअप,फोटोसुट,भिडियो प्रमोसन,ड्रेसअप लगाएत निशुल्क सिकाउने छन् । काभ्रेमा फेसन सो मन पराउनेका लागी राम्रो अवसर हो । यस पटक महिलाहरुको महान चाड तिज लाई छोपेर आफ्नो दोस्रो सिजन बनेपा गर्दै पहिलो पटक स्पोर्ट्स वेअर ड्रेसहरु समेत प्रस्तुत गर्ने उनले बताए ।