Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

मानसिक रोगका कारण शिवराज बिक लाई खोरमा

Thursday, March 23, 2017 National Power

१० चैत, उदयपुर – उदयपुर चौदण्डी नगरपालिका–१ मानसिक रोगी ३४ वर्षका शिवराज बिक उपचारको अभावमा पाँच वर्षदेखि खोरमा थुनिएका छन् ।
बुवा रामकुमार बिकले ८ वर्षअघि मानसिक सन्तुलन गुमाएको छोराको पटक पटक औषधि उपचार गराउँदा पनि छोरालाई ठीक नभएपछि घरमा भएको खर्च पनि सकियो खर्चको अभाव हुन थालेपछि खोरमा थुनेर राख्नु परेको उन्ले बताए । रामकुमारका शिवराम जेठा हुन् ।
रामकुमार बिकले काठमाडौंमा ज्याला मजदुरी गरी गुजारा गरिरहेका शिवराज बिकले मानसिक सन्तुलन गुमाएपछि भतिजा र भतिजीको हत्या प्रयास ग¥यो’गाउँघरका मान्छेमाथि समेत आक्रमण गरेपछि खोर बनाएर बन्दक बनाउन बाध्य भएका हौं । उपचार गर्दागर्दै घरखेत पनि साहुले लिएपछि थप उपचार गर्न नसकेको पनि बताउए ।
शिवराजकी आमा सुमित्राले छोराको अवस्था सुधार हुन्छ कि भनेर दुई पटक सुधारगृहमा समेत राखेको पनि बताउनु भयो । कुनै सामाजिक संघसंस्थाको सहयोग पाए छोराको उपचार हुने र आफ्नो छोरा पहिलेकै अवस्थामा फर्कने आश आमाबुवाको छ ।