Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

हिमालय ब्रुअरी नामको रक्सी कम्पनीमा ११ वर्षिया वालकको करेन्ट लागेर मृत्यू ।

Tuesday, July 16, 2019 National Power

ललितपुर – आज विहान १२ः३० बजे ललितपुरको गोदावरीमा रक्सी फ्याक्ट्रीमा करेन्ट लागेर एक वालकको मृत्युभएको छ भने एक बालक घाईते भएका छन् ।
ख्रिष्टियन एकेडेमी गोदावरीमा कक्षा ६ मा अध्ययनरत ११ वर्षिया साईमन पोखरेलको रक्सी फ्याक्ट्री भित्र करेन्ट लागेर मृत्यू भएको बताईएको छ । पोखरेलको गोदावरी, महचौरमा रहेको हिमालयन बु्रअरी नामक रक्सी कम्पनीको कम्पाउण्ड भित्र करेन्ट लाग्दा ज्यान गएको हो । उक्त घटनामा १२ वर्षिया यनस राई घाईते भएका छन् भने हाल उनको उपचार भैरहेको वाँडेगाउँ प्रहरीले नेशनल पावर न्यूजलाई जानकारी गराएको छ ।


११ वर्षिया साईमन पोखरेलको रक्सी फ्याक्ट्री भित्र करेन्ट लागेर मृत्यू भएको छ

वाँडेगाउँ प्रहरी कार्यालयका असई अनिल चौधरीका अनुसार साईमन र उनका साथी यनस कम्पनी संगैको रुखवाट कम्पनीको छतमा जाने क्रममा उक्त दुर्घटना भएको हो ।
मृतक साईमन पोखरेलको शवलाई यतिवेला पाटन अस्पताल लगनखेलमा राखिएको छ । हिमालय ब्रुअरी नामक कम्पनीमा कार्यरत कर्मचारी एवं कम्पनी व्यवस्थापनका कारणले वालकको मृत्युभएको स्थानीय वासीन्दाले बताएका छन् ।
मृतक वालकका पिता श्याम कृष्ण पोखरेलका अनुसार कम्पनीको लापर्वाहीलेनै आफ्नो छोराको मृत्यु भएको बताएका छन् । हिमालय ब्रुअरी नामक रक्सी कम्पनीको व्यवस्थापकले आफ्नो कम्पनीको व्यवस्थापन र सुरक्षामा ध्यान नपुर्याएको हुँदा एवं कम्पनीको चरम लापरवाहीका कारणले नै ती वालकको मृत्यु भएको स्थानीयका दावी छ ।

मृतकको आफन्त एवं परिवारले कम्पनीको सुरक्षा एवं व्यवस्थापनमा सजगता नअपनाउने कर्मचारी एवं व्यवस्थापकलाई हदै सम्मको कार्वाही र मृतकका परिवारलाई उचित क्षतिपुर्तिको माग समेत राखेका छन् ।