Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गुरुप्रति श्रद्धाभाव प्रकट गरी गुरुपूर्णिमा मनाउँदै

Tuesday, July 16, 2019 National Power

काठमाडौं – हिन्दू धर्माबलम्बीहरुले आज गुरुप्रति श्रद्धाभाव प्रकट गरी गुरुपूर्णिमा मनाउँदैछन् । आफूलाई शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गर्दै शिष्यहरुले मनाउँछन् । काठमाडौंका धेरै विद्यालय र क्याम्पसमा विद्यार्थीहरुले गुरुहरुको सम्मानमा कार्यक्रमहरु गरेका छन् ।

संस्कृत भाषामा गु को अर्थ अन्धकार र रु को अर्थ नष्ट गर्ने भन्ने हुन्छ । शिष्यहरुको अन्धकारलाई हटाउने र ज्ञानको उज्यालो छर्ने व्यक्तिको रुपमा गुरुको सम्मान हुने गरेको छ । मंगलबार पशुपति क्षेत्रमा रहेको नेपाल वेद विद्याश्रमका विद्यार्थीहरुले गुरुप्रति सम्मान व्यक्त गर्दै विभिन्न श्लोक प्रस्तुत गरे । कपितय शिष्यहरुले गुरुको गोडा ढनै ढोगेर सम्मान व्यक्त गरे ।