Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

‘श्रीदेवीको हत्या भएको हो’

Monday, July 15, 2019 National Power

एजेन्सी- केरल प्रहरी महानिर्देशक ऋषिराज सिंहले बलिउडकी प्रसिद्ध नायिका श्रीदेवीको हत्या भएको दावी गरेका छन् । उनले श्रीदेवीको मृत्यु बाथटबमा डुबेर नभई एक हत्या भएको बताएका छन् । उनको यस्तो बयानपछि इन्टरनेटमा यस विषयमा बहसको जन्म दिएको छ । वास्तवमै भएको के थियो त रु धेरैलाई फेरि एकपटक यो प्रश्नले झस्काएको छ । सिंहको यो वयान उनका साथी फरेन्सिक सर्जन डा. उमादथनको सहायतामा दिएका थिए । डा। उमादथनको पनि केहि समय अगाडि निधन भइसकेको छ ।

यसैबीच, श्रीदेवीका पति तथा बलिउडका प्रोड्युसर बोनी कपूरले यस विषयमा आफ्नो धारणा व्यक्त गरेका छन् । उनले त्यस्ता बकवास कुराको विषयमा कुनै जवाफ नदिने बताए । उनले कुनै प्रतिक्रिया नभएको र मनगढन्ते कुरालाई कसैले रोक्न नसक्ने पनि बताए ।

अघिल्लो वर्ष २४ फेब्रअरीमा दुबईको एउटा होटलमा श्रीदेवीको मृत्यु भएको थियो । पोस्टमार्टमको रिपोर्टका अनुसार मादक पदार्थ सेवन गरेकी श्रीदेवीको मृत्यु बाथटबमा डुबेर भएको थियो । दुबई प्रहरीले उनको मृत्युको विषयमा लामो अनुसन्धानपछि पनि कुनै ठोस प्रमाण भेटिएको थिएन ।