Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६७ पुग्यो

Monday, July 15, 2019 National Power

काठमाडौं–अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५/५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४/४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३/३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २/२ जना तथा ईलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १/१ जना गरी जम्मा ६७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये २६ जना महिला ४१ जना पुरुष रहेका छन् ।
बाढी पहिरोमा परेका काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन १ सय ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर, खोटाङ र डोल्पामा १/१ जना गरी जम्मा १ हजार ४ सय ४५ जनालाई सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढी पहिरोमा परी डोल्पामा ९ जना, सिन्धुलीमा ४ जना, ईलाम र मोरङमा ३/३ जना, महोत्तरी र मकवानपुरमा २/२ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा १/१ जना गरी ३२ जना वेपत्ता भएका छन् । वेपत्ता भएकामध्ये १४ महिला र १८ जना पुरुष छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

साथै धनकुटामा ८ जना, मकवानपुरमा ५ जना, ललितपुर र सिराहामा ३र३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २/२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १/१ जना गरी जम्मा ३९ जना घाइते भएका छन् । घाइतेमध्ये १८ महिला र २१ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सुचारु गराएको छ । साथै महोत्तरी वर्दिवास नगरपालिका-१ र ४ जोड्ने पूर्व पश्चिम राजमार्गमा रहेको भप्सी खोलामा डाईभर्सन गरेको बाटो पानीको बहाब बढ्न गई सोमबार बिहानबाट अवरोध भएको छ । साथै ललितपुर, मकवानपुर, रामेछाप, मुस्ताङ, मनाङ, ओखलढुङगा, भोजपुर, रौतहट, महोत्तरी, पाल्पा, कालिकोट लगायतका स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।