Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

भानुको सम्झनामा तुंगनाथको सुन्दर -काण्ड ( रामायण )

Sunday, July 14, 2019 National Power

काभ्रेपलान्चोक – बनेपा २०६ औं भानु जयन्तिको अवसर पारेर तुंगनाथ उपध्यायको ‘सुन्दर काण्ड रामायण’ को पहिलो अंश सार्वजनिक भएको छ । जसमा गाएन तथा संगीत स्वंम तुंगनाथकै रहेको छ ।

‘सुन्दर काण्ड रामायण’ एउटा सर्वथा नौलो शैलीमा आदिकवि भानुभक्तीय रामायणको ‘सुन्दरकाण्ड’बाट केही अंशविशेष को संगीतमय गायनको एउटा प्रारम्भिक प्रस्तुति हो जसको लेख्य नेपाली भाषाको डोरीले विशवभरी छरीएर बसेका हामी नेपालीहरुलाई एकतामा बाँध्न सफल भयो र आज पनि हामी त्यही नेपाली भाषा गर्वका साथ बोली रहेका छौं ।

अत यो कार्यक्रम उनै आदिकवि भानुभक्त आचार्य प्रति समर्पित रहने छ । यही नेपाली भाषामा डुबुल्की मारेर ,गोता लगाएर, कैयौंले यसैलाई सुम्सुम्याएर ९ कविता ,गीत, गÞजÞल , कथा ,काव्यादि लेखे ,गाए अनि अभिनय गरे ,समाचार पढ़े ती जम्मै जीवित अरुलाई मनोरंजन प्रदान गर्ने सर्जकहरुलाई जिउँदै रहँदा नै समर्पण का रुपमा शान्तिपूर्ण मनोरंजन गराउने जमर्को गरेको तुंगनाथले बताउनुभयो ।
उल्लेखनीय कुरा चाहीं के हो भने यसको प्रत्येक दुई श्लोक पछी लय परिवर्तन हुन्छ अनि निरन्तरता भंग नगरी अघी बड्छ ।

साधारणत रामायण भन्ने वित्तकै श्लोक हाँक्ने बुझिन्छ । तर यो रामायणको पारम्परिक पाठ अथवा वाचन् नभै संगीतमय गायन हो । यस पछाडिको चरमा दोस्रो खण्ड पनि चाँडैनै सार्वजनिक हुनेछ ।
भिडियो हेर्न तलको लिंकमा जानुहोस ।