Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

नेपाल अण्डर १९ एशिया कपका लागि छनोट

Tuesday, July 9, 2019 National Power

काठमाडौं – नेपाल एशिया कपका लागि छनोट भएको छ । एसीसी यु(१९ इस्टर्न रिजनको उपाधि जित्दै नेपाल अर्को महिना श्रीलंकामा हुने अण्डर १९ एशिया कपका लागि छनोट भएको हो । आज भएको फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल एशिया कपमा छनोट हुन सफल भएको हो । हङकङले दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले १६‍‍।१ ओभरमै ४ विकेटको क्षतिमा भेट्टाएको हो ।

नेपालका लागि पवन सर्राफले सर्वाधिक ३९ रन बनाए । ३६ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । रित गौतमले १३, रोहित कुमार पौडेलले १२, खडक बहादुर बोहराले ८, भीम सार्कीले ८ रन बनाए ।

यसअघि मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ४३।१ ओभरमा ९५ रनमै रोकेको थियो । हङकङलाई सस्तैमा समेट्न नेपालका लागि सागर ढकालले घातक बलिङ गरे । उनले १० ओभरमा मात्रै १८ रन दिँदै ५ विकेट लिए । उनले १० ओभरमध्ये ५ ओभर मेडन फालेका थिए । यस्तै कमलसिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राजभण्डारीले १–१ विकेट लिए ।

हङकङका लागि कप्तान अदित गोरावाराले सर्वाधिक २४ रन बनाए । कल्हान मार्क चल्लुले १९ र रौनक कपूरले १२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यससँगै नेपाल २८ अगष्टदेखि ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने अण्डर १९ एशिया कप खेल्नका लागि छनोट भएको छ ।

एशिया कपका लागि नेपाल छनोट भएसँगै यसका प्रतिस्पर्धी टिमहरु पूरा भएका छन् । नेपालले एशिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, युएइ र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।