Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

आईफा अवार्ड नेपालमा गर्ने निर्णयबाट पछि हट्यो सरकार

Thursday, July 4, 2019 National Power

काठमाडौं – अन्ततस् भारतीय फिल्म अवार्ड (आईफा) आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको इन्टरनेशनल इन्डियन फिल्म अवार्ड (आईफा) नेपालमा नहुने पुष्टि गरे । ‘यो वर्ष नहुने नै भयो, अब एकरदुई वर्षपछि पूर्वाधारमा हामी सक्षम भयौं भने पुनस् आयोजनाको सम्भावना रहन्छ’ उनले भने ।

सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । उक्त अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो । त्यसपछि उक्त अवार्ड कार्यक्रममा नेपाली नागरिकले तिरेको करबाट अनुदान दिन नहुने भन्दै विरोध भएको थियो ।

मंगलबार मात्र संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले अवार्ड तत्काल रोक्न निर्देशन दिएको थियो । अवार्ड गर्दा नेपालको स्वाधिनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्‍याउने ठहर गरेपछि सरकार अप्ठ्यारोमा परेको मानिएको छ ।

सरकारको नयाँ निर्णयसँगै आईफा अवार्डको ‘च्याप्टर क्लोज’ भएको छ । आईफा अवार्डबाट फिर्ता हुने सरकारी निर्णयलाई कतिपयले गुठी विधेयकपछि फेरि एक पटक दुई तिहाईको सरकार सामाजिक सञ्जालसँग झुक्न वाध्य भएको अर्थमा व्याख्या गर्न थालेका छन् ।