Sunday 3rd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

आईफा अवार्ड रोक्न सरकारलाई संसदीय समितिको निर्देशन

Wednesday, July 3, 2019 National Power

काठमाडौं – संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले तत्काल सबै प्रक्रिया रोक्न निर्देशन दिएको हो । ‘सरकारले सम्झौता त गरेको छैन तर, मस्यौदा हेर्दा नेपालको स्वाधिनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्‍याउने भएकाले यो अवार्ड तुरन्त रोक्न निर्देशन दिएका हौं’ समितिकी सभापति पवित्रा निरौला खरेलले अनलाइनखबरसँग भनिन् ।

इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आईफा)–१९ को नेपालमा गर्न सरकारले सैद्धान्तिक सहमति दिएको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा हुने आईफा अवार्डमा काठमाडौं महानगपालिका सहआयोजक बसेको छ र महानगरले ४५ करोड दिने समझदारी छ । यद्यपि अरु सम्झौता हुन बाँकी छ ।

सरकारले नै ४५ करोड रुपैयाँ दिने गरी भारतीय अवार्ड गर्न लागेको भन्दै चर्को आलोचना भएको छ । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बोलाइए उनी गएनन् । सचिव मोहनकृष्ण सापकोटा, पर्यटन बोर्डका कार्यकारी सिइओ दीपकराज जोशी उपस्थित थिए । बैठकमा सचिव सापकोटा र सीईओ जोशीले नेपालको पर्यटन प्रबद्धन र व्यापारिक फाइदा हुने निर्णयको बचाउ गरे । तर सत्तारुढ सांसदहरुले नै चर्को आलोचना गरेका छन् । भीम रावल, अग्नि सापकोटाले अवार्डको विरोध गरे । सम्बोधनका क्रममा उनी निकै भावुक बनेका थिए ।