Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

भारतीय तरकारी र फलफूलमा नेपालको नाकाबन्दी

Monday, July 1, 2019 National Power

सरकारले गरेको एउटा निर्णयले भारतमा हल्लीखल्ली मच्चिएको छ भने नेपालमा खुसीयाली छाएको छ । भारतबाट आयात हुने अधिकांश हरियो तरकारी र फलफूलमा जनस्वास्थ्यलाई गम्भीर असर गर्ने विषादीको अत्यधिक प्रयोग गरेको प्रमाणित भएपछि सरकारले तरकारी र फलफूल आयातमा कडाई गरेको हो ।

सरकारले भारतीय तरकारी तथाा फलफूलमा एक किसिमको नाकाबन्दी नै लगाएको छ । तरकारी तथाा फलफूल आयात हुने प्रमुख नाकाहरुमा भारतीय ट्रकको लामो लाइन छ । भारतबाट आयात नहुँदा उपत्यका लगायत देशका अधिकांश भागमा तरकारी र फलफूलको मूल्य बढे पनि आम उपभोक्ताले भने विषादीयुक्त वस्तु सेवन गर्न पाइरहेका छन् । भारतको कर्णाटक, मध्यप्रदेश, महाराष्ट्रका अलगअलग जिल्लाबाट नेपालमा तरकारी आयात हुन्छ ।

खुला सीमाका कारण तरकारी जाँचेर आयात गर्न नसकिँदा राजधानी काठमाडौंमा विषाक्त तरकारी भित्रिरहेको थियो । काठमाडौंमा दैनिक ६ सय ५० देखि ७ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको छ । यसमध्ये अधिकांश बन्दा, खुर्सानी, पर्वर, इस्कुस, प्याज, आलु भारतबाट ल्याइन्छन् ।