Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

रसाईलीको अमिलो निबुवा…………

Friday, June 28, 2019 National Power

लामो समय देखि अस्ट्रेलियामै रहेर धेरै हिट हिट म्युजिक भिडियोहरु निर्देशन गरेर कहलिएका निर्देशक जीवन रसाईली अब भने गायनमा पनि  जम्ने   कोसिसमा छन। गायक रसाईलीको नयाँ गीत  “अमिलो निबुवा” को म्युजिक भिडियो रिलिज भएको छ । दिपक सिलवालको शब्द तथा संगीत रहेको उक्त गीतमा कुसल सिंहको एरेन्ज  रहेको छ  भने गायक रसाईलीलाइ  गायिका निकिता थापाले गायनमा साथ दिएकी छिन। “अमिलो निबुवा”मा टिकटकका सर्वाधिक हिट ट्वीन गर्लस् प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा , दीपा श्रेष्ठ र दमन्ता श्रेष्ठ , शिशिर भण्डारीको साथ मिलन शंकरको अभिनय रहेको छ जुन टिमको यस अघिको हाम्रो माया जिन्दावादलाइ अत्त्यधिक मन पराइएको थियो । हाम्रो माया जिन्दावाद बोलको सफलता पछि सार्वजनिक भएको उक्त डान्सिङ गीतमा माया पिरतीको भाव समावेश गरिएको छ । 

  “अमिलो निबुवा”  भिडियोलमा नबराज उप्रेतीले छायाँकन नबिन निरौलाको सम्पादन र गम्भीर बिस्टको कोरियोग्राफी र जीवन रसाईलीको नै निर्देशन रहेको छ । हाल अस्ट्रेलियाको लोकप्रिय नेपाली च्यानल ‘हेल्लो अस्ट्रेलिया टिभी ‘मा आबद्ध गायक जीवन रसाईलीले यस गहि पनि धेरै सामजिक चेतनाका  र कमर्सियल गीतहरु गाइसकेका छन भने उनले नेपली लगायत पन्जाबी, हिन्दी , भियतनामी ,इंग्लिश गीतको म्युजिक भिडियोको निर्देशन गरिसकेका छन।