नविन थापा – प्रशंग कामपा वडा नं. २९को जहाँ स्थानीय निर्वाचनमा कुस कुमार ढकाल नेपाली कांग्रेसको तर्फबाट झीनो मतान्तरले विजयी भएर त्यहाँको वडा अध्यक्ष भए । देशको सम्पूर्ण कानुन नीति नियम कार्यन्वयन गर्ने मुख्य कार्यालयहरु रहेको सिंह दरबार पनि यसै वडामा छ जुन काठमाडौं वडा नंबर २९ मा नै पर्दछ । नेपालमा लामो समयदेखि जनप्रतिनिधि विहिन बनेका वडा बासीहरु जनप्रतिनिधि आएपछि अझ सुसासन अनि सहुलियत प्राप्त गर्ने आशा बोकेर बसेका सम्पूर्ण वडा बासीहरुलाई उनले आफू भित्र भरिपुर्ण अमिलो अनि निकै तितो अप्रिय कुरा सुरुवात मै उपहार स्वरुप पस्किहाले । जस्को ज्वलन्त उदाहरण, विगतमा फोहोर संकलन गर्ने ठेकेदारबाट कमिसन लिन नसक्ने देखेपछि उनले चलाखिपुर्ण तरिकाले पुरानो ठेकेदारलाई हटाउँदै नयाँ ठेकेदार खडा गरे ।

पुरानो ठेकेदारले प्रति घर रु २०० लिँदै आएकोमा नयाँले दोब्बर रु ४०० लिने निर्णय गराएर नयाँ ठेकेदारबाट मासिक करिब रु २०,००००० विस लाख कमिसनको राम्रो श्रोत तयार पारेको कुरा ज्वलन्त उदाहरण बन्न पुगेको छ । जनप्रतिनिधि आएपछि केही सहुलियत होला, केही सुशासनको अनुभूति गर्न हौसिएका स्थानीय उनको सुरुकै उपहारबाट निःशब्द बन्न पुगे । जानकारहरु भन्छन् “हामीले जानाजान ब्यक्ती नहेरी पार्टी मात्र हेर्दा यो दुर्ददशा भयो अब भोग्नुको विकल्प छैन ।” स्थानीय उनकै पार्टीका सकृय कार्यकर्ताहरु पनि पार्टी नेतृत्व प्रति दुखेसो गर्दै भन्छन् “ हो यस्तै घुसखोरी प्रवृत्तिका मानिसहरूलाई आँखा चिम्लेर टिकट दिँदा नेपालको सबैभन्दा ठुलो जनसमर्थन रहेको विशाल पार्टी नेपाली काँग्रेसको आज यो हविगत हुन पुगेको छ । यो निकै दुःखद् कुरा हो । यति मात्र हैन अद्रिश्य मिलिभगत आम्दानीका श्रोतहरु कति होलान् अनुमान नै गर्न सकिन्न । वडामा रहेका सार्वजनिक मठ मन्दिर पाटी पौवा तथा सार्वजनिक जग्गाहरुको अतिक्रमण रोक्ने र उचित सार्वजनिक जग्गा पहिचान गरी १ बर्ष भित्रमा आफ्नै वडाको भवन निर्माण गर्ने भनि गरेको प्रतिबद्धतामा आज २ बर्ष वितिसक्दा केवल घम् भवनको नक्साको फोटो भाडाको कार्यकालको मुल ढोकामा टाँसेर स्थानीय जनतालाई उल्लु बनाएर उल्टै भूमाफिया सँग गोप्य साँठगाँठ गर्नमै मस्त छन् ।
यस्तै गतबर्ष वडा मातहतमा पर्ने पद्म कन्या स्कुलमा रंग रोकन गर्न भनि निकासा गरिएको रु ४,००००० (चार लाख) रुपैयाँमा ठेकेदार सँग साँठगाँठ गरी कम गुणस्तरीय सामग्री त्यो पनि एककोट मात्र रु १,००००० (एक लाख)मात्र खर्च गरी रु ३,००००० तिन लाख झ्वाम्म पारेको विषयमा को बोल्ने ??
उनि एक अविवाहित पुरुष हुन् यो उनको निजी मामला हो तर उनि सार्वजनिक रुपमै अत्यन्तै अस्लिल शब्द प्रयोग गर्ने तथा अरुको मर्यादाको रति पनि ख्याल गर्दैनन् । यसबाट अप्रत्यक्ष रुपमा उनले ठुलो महिला हिंसा गरिरहेको भुक्क्तभोगी महिलाहरु बताउँछन् । यस्तो कुराहरु मात्र हैन काठमाडौं महानगरपालिकाले ठुलो धनरासी खर्च गरेर वडा कार्यलयले जनतालाई दिने सेवा चुस्त दुरुस्त एवं पारदर्शी छ छैन भनि निगरानी गर्न सि सि क्यामेरा जडान गरेको छ । त्यो केही क्यामेरा केही नियतबस भाचिदिएको त छँदैछ भने केहि महिना यता सिस्टम नै बन्द गरिनुको पछाडि कारण के हुनसक्छ ? जो कोहीले सहजै अनुमान गर्न सक्छ । महिला केटा केटी बहाल कर तथा अन्य राजश्व तिर्न आउँदा दशौ हजार बडी रकम मिलिभगतमा असुली गर्ने र कोही एकाध रसिद हेरेर सिकायत गर्नआए गाली गलौज गर्ने कुटपिट गर्न खोज्ने । केही सिप लगाएर पचाउन नसकेको खन्डमा बाध्य भएर बढी लिएको रकम फिर्ता गर्ने गरेको स्थानीय बताउँछन् ।
त्यसमाथि कोही सेवा ग्राही विवाद लिएर समाधानका निमित्त वडा कार्यकाल आइपुगेमा त्यसलाई जनप्रतिनिधिले शालिनता पूर्वक मिलाइदिनुको सट्टा आगोमा घ्यु थपेर अन्त्यमा त्यसलाई राम्रो आम्दानीको श्रोतमा परिणत गरिछाड्ने गरेको भुक्तभोगी स्थानीय दुखेसो पोख्छन् । यिनी प्रकाशमान सिंहको आडमा जे मन लाग्यो त्यही गर्ने र यिनले कसैलाई पनि नटेर्ने जानकारहरु बताउँछन् । यस्तो उदण्ड ब्यक्तीलाई टिकट दिनु र यी सबै कृयाकलाप थाह पाएपनि थाह नपाए जस्तो नाटक गर्नु भित्र ठुलै रहस्य हुनसक्ने स्थानीय बुद्धिजिवी हरुले अनुमान लगाउन थालेकाछन् । त्यसैले अधिकांश पिडित स्थानीय भन्छन् यिनी चुनाव अगाडिका कुस कुमार चुनाव पछाडि घुस कुमार भए । यस्तो हुनुभन्दा त जनप्रतिनिधि माथी यत्रो खर्च गरेर उल्टै स्थानीय पेल्ने र उनिहरुलाई अकुत सम्पत्ति कमाउने छोटी भन्सार जस्तो अड्डाको विकल्प रहित हाकिम नभएकै बेस । यस्तो दुःखद् गतिविधि माथि कारर्वाही गर्ने निकाय कुन हो ? यस्तो जनप्रतिनिधिको विकल्प के हुन सक्छ ? आजभोलि आम सर्वसाधारणमा बहसको विषय बनेको छ ।
– लेखक नविन थापा स्थानिय यूवा समेत हुन उनले आफ्नै भोगाईको आधारमा यो लेख तयार पारेका हुन, यसको सम्पूर्ण जवाफदेहिता लेखक स्वयंमा रहनेछ ।