Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

राष्ट्रिय गीतका सर्जक माइलासहित तीन पत्रकार सम्मानित

Sunday, June 23, 2019 National Power

काठमाडौं– राष्ट्रिय गीतका सर्जक ब्याकुल माइला ‘राष्ट्रिय गायन’ सम्मानबाट सम्मानित भएका छन् । आइतबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’ मा उनलाई शो सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा चलचित्र पत्रकार शान्ति प्रिय, कृष्ण भट्टराई र लक्ष्मण सुवेदी समेत सम्मानित भए । तीनै जनालाई ‘योङ माइन्डस् इन्टरटेनमेन्ट पत्रकारिता विषेश सम्मान २०७६’ प्रदान गरिएको थियो । कार्यक्रममा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बरिष्ठ कलाकार जयनन्द चन्दलाई दिने भनिएको पनि उनी स्वस्थ्यका कारणले कार्यक्रममा उपस्थित हुुन नसकेपछि उनको सम्मान घरमै पठाइएको आयोजकले जानकारी दियो । थुपै चलचित्रमा अभिनय गरेका ७८ बर्षीय चन्दको हाल अल्का अस्पतालमा उपचार भइरहेको छ ।

नेपाली गीत, संगीत तथा त्यसका श्रष्ठाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने उदेश्यले आयोजना भएको अवार्ड समारोहक समाचार तयार गर्दासम्म चलिरहेको छ । अवार्डमा प्रोत्सान र जुरी सहित गीतसंगीतका विभिन्न ५० विधामा कलाकार तथा कलाकर्मी सम्मानित हुँदैछन् ।