Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

सारेगमप लिटिल च्याम्पको उपाधि सुगन्धालाई, प्रितम तेस्रो र आयुष चौथो

Monday, June 10, 2019 National Power

काठमाडौं – भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् । जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य तेस्रो भएका हुन् । अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् ।

फाइनलमा पुगेका ६ जनामध्ये सुगन्धा दातेले उपाधि जितेकी छन् । त्यसैगरी मोहम्मद कैफ दोस्रो भएका छन् । लिटिल च्याम्सको शीर्ष ६ मा पर्दै तेस्रो भएका ११ वर्षीय आचार्य सुनसरीको इटहरी उपमहानगरपालिका ५ का हुन् । अर्का नेपाली बालक केसी भने भक्तपुरका हुन् ।

प्रतियोगिता नजिते पनि नेपालबाट जिटिभी रियालिटी शो को अन्तिम प्रतिस्पर्धासम्म पुगेका दुई बालकले ग्रान्ड फिनालेमा निर्णायक र पाहुनाहरुको मन भने जित्न सफल भएका छन् ।