Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

२१ बुँदे प्रतिवद्धतापत्र सहित कलाकार संघमा रबिन्द्र खड्का द्वारा आफ्नो चुनाबी प्यानल घोषणा

Friday, June 7, 2019 National Power

काठमाडौं – भोलि २५ गते हुने चलचित्र कलाकार संघको महाधिवेशनमा अध्यक्ष पदको उमेद्वारी दिएका कलाकार रविन्द्र खड्काले आफ्नो उमेद्वारी किन र केका लागि भन्ने २१ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजनासहित उनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।उनले चलचित्र कलाकार संघको भवन निर्माण गर्नेदेखि कलाकारलाई पेन्सनको व्यवस्था गर्ने सम्मका प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

प्रतिबद्धता पत्रमा उनले संघको भवन निर्माण, कलाकारको हक हित, जीवन वीमा, आर्थिक समृद्धि लगायतका मुद्दा प्रथामिकताका साथ अगाडि सारेका छन् । कार्यक्रममा खड्काले आफ्नो कार्यकालभित्र संघको भवन निर्माण गर्ने बताए । ‘म चार दशकदेखि कलाकारितामा सक्रिय छु । मैले आफ्नो परिवारभन्दा बढी चलचित्र क्षेत्रलाई माया गर्छु र समय दिएको छु ।’ खड्काले भने, ‘सरकारद्वारा यस वर्षको बजेटमा घोषणा गरिएको सामाजिक सुरक्षाको घेरामा कलाकारलाई ल्याउने छु ।’

संघले विगतका बर्षमा गर्दै आएको कार्यक्रमलाई समेत निरन्तरता दिने बताएका खड्काले संघलाई राजनीति र राजनैतिक विचारबाट अलग राख्ने लगायत बिषय उनले सार्वजनिक गरेको २१ बुँदे प्रतिवद्धता पत्रमा समावेश छ । पारिश्रमिक पुरान पाएका कलाकारको हकका लागि विशेष व्यवस्था गर्ने, कलाकर्मीहरुको वरिष्ठताक्रम निर्धारण गर्ने कार्ययोजना पनि उनले अगाडि सारेका छन् । उनले कलाकार संघलाई सातै प्रदेशमा पहुँच पुर्याउने महासंघको अवधारणा ल्याउने पनि बताएका छन् । आफ्नो सिंगो प्यानल नै सार्वजनिक गर्दै रविन्द्रले कलाकार संघलाई राजनीतिबाट मुक्त बनाउने समेत बताए ।

‘म अध्यक्ष पदमा उठ्ने सोचमा थिइनँ । तर, संघ नै फुट्ने अवस्थामा पुगेपछि मैले उम्मेदवारी दिएको हुँ । र, म जित्छु भन्नेमा विश्वस्त छु ’ उनले थपे । कार्यक्रममा उनको प्यानलका उपाध्यक्ष पदका उम्मेदवार विनोदकुमार भट्टराई र रेजिना उप्रेती, महासचिव पदका उम्मेदवार चेतबहादुर सिंह राजा, सचिव पदकी प्रत्यासी पनाह अधिकारी, कोषाध्यक्ष पदमा निर्विरोध चयन भएका सुनिल कटुवाल, सहकोषाध्यक्षमा उम्मेदवारी दिएकी पवित्रा आचार्य उपस्थिति थिए ।

पुरानो कार्यसमिति १४ जना पूर्व पदाधिकारी बाट लिखित समर्थन समेत पाइसकेको यस प्यानललाइ नेकपा, नेपाल फिल्म सोसाइटि तथा नेपाल सास्कृतिक संघ बाट समर्थन रहेको जानकारी गराइएको छ ।