Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कैलालीमा आएको हुरीको बितण्डा

Friday, June 7, 2019 National Power

बिहीबार साँझको हावाहुरीले कैलालीमा ताण्डव मच्चाएको छ । हुरीले मानिसको ज्यान लिनुको साथै भौतिक संरचनाहरुमा क्षति पुर्याउँदा जनजीवन प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार, अहिलेसम्म २ जनाको ज्यान गएको छ । गोदावरीका वीरबहादुर चौधरी र टीकापुरका लहानु चौधरीको ज्यान गएको हो ।

जिल्लाभरमा करिब ८० घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर भएपछि नेपालगञ्ज रेफर गरिएको छ भने बाँकीको अहिले धनगढीलगायत अस्पतालमा उपचार भइरहेको छ ।

हुरीले सहरी क्षेत्रका भौतिक संरचनामा सबैभन्दा बढी क्षति पुगेको प्रहरी भनाइ छ । खासगरी टीकापुर, गोदावरीलगायत क्षेत्रका कच्ची घरका छानाहरु उडाएका छन् । हुरीले छाना उडाएपछि कष्टप्रद ढंगले रात बिताएको गुनासो पीडितहरुले गरेका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार हुरीले घरमा पुगेको क्षतिको विस्तृत विवरण आइसकेको छैन । लगत संकलनको काम अहिले भइरहेको छ ।

हुरीले बिजुलीका पोल तथा रुखहरु भाँचेको छ । सरकारी अधिकारीका अनुसार, ४ सयभन्दा बढी बिजुलीका पोल भाँचिएको छ । हुरीले रुखसमेत उत्तिकै मात्रामा ढालेको प्रहरी भनाइ छ । हुरीले कैलालीमा जस्तै कञ्चनपुरमा पनि क्षति पुगेको छ । यद्यपि, यो जिल्लामा भने मानवीय क्षति भने भएको छैन ।