Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

शरण हुमागाईको ‘हाँस्ने खेल्ने’ बजारमा ( भिडियो सहित )

Thursday, June 6, 2019 National Power


जेष्ठ , २३ / काभ्रेपलान्चोक – बनेपा लोक दोहोरी गायक तथा संचारकर्मि शरण हुमागाईं र सपना गुरुङ्गको स्वरमा हाँस्ने खेल्ने बोलको गित बजारमा आएकोे छ ।


डिएआर मुभिजको प्रस्तुतिमा आएको गीतमा चर्चित वरिष्ठ लोक गायक मच्चेश्वर सापकोटाको लय र सर्जक सरोज लामिछानेको थेगो शब्द शरण हुमागाईंको रहेको छ । पुराना सर्जक मच्छेश्वर सापकोटाको पुरानो गीतलाई नयाँ प्रविधिमा स्टुडियो मालाश्रीमा रेर्कड गरिएको गितको ध्वनी सम्पादन खडक बाजुरालीले गरेका हुन् ।


हेरुका लामाको नृत्य निर्देशन रहेको गीतको भिडियोमा स्वयंम हेरुका लामा र आयुष्मा कार्कीको अभिनय रहेको छ ।
दृश्य छायाँकन र ड्रोन रोनिश तामाङको रहेको छ । म्युजिक भिडियोको सम्पादन नविन भट्टले गरेका छन् । कला राजाराम गौतमको रहेको उक्त गीतको म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाइको रहेको छ ।


केही दिन अघिमात्र सपनी नामक लोक दोहोरी गीत लेराएको डि।ए।आर मुभिजले जालमा फसायौ भाग–२ को काम सम्पादनको चरणमा रहेको र सो अघि केही अरु गीत लेराउने जानकारी डि।ए।आर मुभिजले गराएको थियो ।
‘हाँस्ने खेल्ने’ गीतको म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट श्रोता तथा दर्शकमाझ लेराईएको छ ।
गीतको भिडियो तलको लिंकमा रहेको छ ।