Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

मैदानमा उत्रिँदै बंगलादेश

Wednesday, June 5, 2019 National Power

काठमाडौं – विश्वकप क्रिकेटअन्तर्गत आज बंगलादेशले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । लण्डनमा आज बेलुकी नेपाली समयानुसार ६ बजेर १५ मिनेटमा बंगलादेशले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टिमले आ–आफ्नो पहिलो खेलमा जित हात पारेका छन् । न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि १० विकेटको जित हात पारेको थियो ।

यता, बंगलादेशले पनि आफ्नो पहिलो खेलमा बलियो टिम दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको थियो । आफ्नो पहिलो खेलमै ठूलो टिमलाई पराजित गरेको बंगलादेश आजको खेलमा न्युजिल्यान्डविरुद्ध उच्च मनोबलको साथमा मैदानमा उत्रिँदैछ । न्युजिल्यान्ड जारी विश्वकपको उपाधि दाबेदार राष्ट्रहरूमध्ये एक हो । आजको खेलमा जित हात पार्दै विश्वकप यात्रालाई झनै सजिलो बनाउने लक्ष्यमा न्युजिल्यान्ड रहेको छ ।

न्युजिल्यान्ड टिम

केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुन्रो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, ट्रेन्ट बोल्ट, टिम साउथी, माट हेनरी, लकी फर्गुसन र इश सोधी ।

बंगलादेश टिम

मश्रफे मोरटजा (कप्तान), अबु जायद, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्फिक्यर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल ।