Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

काठमाडौंमा इदुल्ल फित्रको रौनक

Wednesday, June 5, 2019 National Power

काठमाडौं – विश्वभरका मुस्लिम धर्मालम्बीहरुले आज आफ्नो महान चाड ‘इदुल्ल फित्र’ मनाइरहेका छन् । नेपालमा पनि मुस्लिम धर्मालम्बीहरुले हर्षोल्लासपूर्वक यो पर्व मनाइरहेका छन् ।

काठमाडौंसहित देशका विभिन्न स्थानका मस्जिदमा बिहानैदेखि मुस्लिम धर्मालम्बीहरुको भीड लागेको छ । बिहान स्नान गरेर मस्जिदमा नमाज पढ्न उपस्थित भएका मुस्लिम धर्मालम्बीहरुले अहिले खुसी साटासाट गरिरहेका छन् ।

काठमाडौंको जमलमा रहेको जामे मस्जितलगायतमा पनि बाक्लो उपस्थित छ । देशका विभिन्न स्थानबाट काठमाडौंमा आइपुगेका मुस्लिम धर्मालम्बीहरुले नमाज पढेर तथा शुभकामना आदानप्रदान गरेर अहिले आफ्नो महान चाडमा उत्सव मनाइरहेका छन् ।

घण्टाघर वरपर मुस्लिम धर्मालम्बीहरु भेला भएकाले भीडभाड बढेको छ । इदुल्ल फित्र मुस्लिम धर्मालम्बीको ठूलो चाड हो । सरकारले यो पर्व मनाउन आज सार्वजनिक बिदासमेत दिएको छ ।