Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

काठमाडौंमा इदुल्ल फित्रको रौनक

Wednesday, June 5, 2019 National Power

काठमाडौं – विश्वभरका मुस्लिम धर्मालम्बीहरुले आज आफ्नो महान चाड ‘इदुल्ल फित्र’ मनाइरहेका छन् । नेपालमा पनि मुस्लिम धर्मालम्बीहरुले हर्षोल्लासपूर्वक यो पर्व मनाइरहेका छन् ।

काठमाडौंसहित देशका विभिन्न स्थानका मस्जिदमा बिहानैदेखि मुस्लिम धर्मालम्बीहरुको भीड लागेको छ । बिहान स्नान गरेर मस्जिदमा नमाज पढ्न उपस्थित भएका मुस्लिम धर्मालम्बीहरुले अहिले खुसी साटासाट गरिरहेका छन् ।

काठमाडौंको जमलमा रहेको जामे मस्जितलगायतमा पनि बाक्लो उपस्थित छ । देशका विभिन्न स्थानबाट काठमाडौंमा आइपुगेका मुस्लिम धर्मालम्बीहरुले नमाज पढेर तथा शुभकामना आदानप्रदान गरेर अहिले आफ्नो महान चाडमा उत्सव मनाइरहेका छन् ।

घण्टाघर वरपर मुस्लिम धर्मालम्बीहरु भेला भएकाले भीडभाड बढेको छ । इदुल्ल फित्र मुस्लिम धर्मालम्बीको ठूलो चाड हो । सरकारले यो पर्व मनाउन आज सार्वजनिक बिदासमेत दिएको छ ।