Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अपरिचितलाई फोन गरेको भन्दै श्रीमतीको हत्या

Monday, June 3, 2019 National Power

जनकपुरधाम -अपरिचित नम्बरमा फोन गरेको भन्दै धनुषाका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । सबैला नगरपालिका ४ का २२ बर्षीय रहमत राईनले श्रीमती नुर जहाँ खातुनको हत्या गरेका हुन् । घटना जेठ १७ गतेको हो । घटनापछि फरार भएका राइनलाई आइतबार पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । पक्राउ परेका उनले अपरिचित नम्बरमा फोनमा कुरा गरेकै कारण हत्या गरेको बयान दिएका छन् ।

राइनले यो बिषयमा धेरै पटक झगडा हुँदा समेत कुरा गर्न नछाडेकाले हत्या गरेको बयान दिएको धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । पक्राउ परेका राइनलाई धनुषा जिल्ला अदालत जनकपुरधामबाट म्याद थप गराई ज्यान सम्बन्धी कसुरमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

यस्तै धनुषा प्रहरीले आफ्नै श्रीमतीलाई कोदालोले हिर्काएर घाइते बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । क्षिरेश्वरनाथ नगरपालिका ६ मुसहरीटोलका देवु सदालाई पक्राउ गरिएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । सदाले ३५ बर्षीया श्रीमती शिवशक्ति देवीलाई कोदालोले टाउकोमा हिर्काएर घाइते बनाएको प्रहरीले जनाएको छ ।

कोदालो प्रहारबाट गम्भिर घाइते भएकी शिवशक्तिको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।