Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नेपालको इतिहासमा कालरात्रिका रूपमा चर्चित दरबार हत्याकाण्ड भएको १८ वर्ष पुरा

Sunday, June 2, 2019 National Power


काठमाण्डौ -नेपालको इतिहासमा कालरात्रिका रूपमा चर्चित दरबार हत्याकाण्ड भएको १८ वर्ष पुगेको छ । २०५८ जेठ १९ गते शुक्रबारका दिन तत्कालीन तत्कालिन राजा विरेन्द्र सहित राज परिवारका १० जनाको विभत्स हत्याभएको थियो । तत्कालिन प्रध्यानन्यायाधीशको संयोजकत्वमा सभामुख समेत रहेको उच्चस्तरिय छानबीन समितिको प्रतिवेदनले घटनाको विवरणमात्र प्रस्तुत गरेको थियो ।

तत्कालिन सभामुख तारानाथ रानाभाटले प्रतिवेदन सार्वजनिक गर्दा गरेको फितलो प्रस्तुतिका कारण सो प्रतिवेदन आफैं हास्यास्पद बनेको थियो । राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको सो हत्याकाण्डको सम्झना गर्दा अहिले पनि जनता शोकमग्न हुन्छन् ।

छानबिन समितिले उक्त हत्याकाण्ड युवराज दीपेन्द्रले नशाको सुरमा घटाएको प्रतिबेदन तयार गरेपनि आम सर्वसाधारणहरुले भने दिपेन्द्रले आफ्नै बाबु आमा, बहिनी र भाइ माथि गोली चलाए भन्नेमा बिश्वास गरेका छैनन । वीरेन्द्रको वंशनास भएपछि केही बर्ष ज्ञानेन्द्र शाहले राज्य चलाएका थिए । त्यस पछि राजनीतिले नयाँ मोड लिएको थियो ।

पटक पटक नयां परिवर्तन भयो तर राजा र राज्य संग जोडिएको हरेक घटना परिघटनाहरुलाई नयां सरकारले व्यवास्ता गरेको छ । राजदरवार हत्याकाण्डवारे सत्य तथ्य घटना के हुन सक्छ आम जनातामाझ यो विषय सधै कौतुहलताको विषय बन्दै गएको छ ।