Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नेपाली नारीहरु गिनिज बुक अफ वल्ड रेकर्डसमा नाम लेखाउदै

Monday, May 27, 2019 National Power

१४ / बनेपा – काभ्रेपलान्चोक पछिल्लो समयमा नेपाली नारीहरु हिम्मतवालीको रुपमा निस्कीदै छन् । नेपालका नारीहरुले एक पछि अर्को गर्दै गिनिज बुक अफ वल्ड रेकर्डसमा नाम लेखाउने प्रयास जारी छ । चन्द्रागिरी नगरपालिका वडा नं। ६, काठमाडौं निवासी बुवा शन्त प्रशाद श्रेष्ठ र आमा दुर्गा श्रेष्ठको कोखबाट जन्मिएका दुई दिदि बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले ४० घन्टा युगल नृत्य प्रस्तुत गर्नुपर्नेमा ४१ घन्टा ५ मिनेट नृत्य गरेर अमेरिकाको ३८ घण्टा ३० मिनेटको रेकड तोडी गिनिज बुक अफ वल्ड रेकर्डसका लागी रेकर्ड राख्न सफल भएका छन् ।

दुई दिदि बहिनी रुबिशा र एलिशाले जेठ ११ गते बिहान ९ बजेबाट नृत्य गर्न सुरु गरेका हुन् । दुई दिदि बहिनी रुबिशा र एलिशाले लगातार नृत्य गर्ने क्रममा खुट्टामा घाउ भएर ब्यान्डिज लगाउनुका साथै स्टेजमा बरफहरु छरिएको थियो । कार्यक्रम सकिए पश्चात बुवा आमा लगायत सबैको अनुहारमा रुवाबासी सँगै आँखामा खुसीको आसु झरेको थियो ।

सोमबार बिहान समापन कार्यक्रम पुर्व खेलकुद मन्त्रि राजन कुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । यस कार्यक्रममा अतिथीको रुपमा बुवा शन्त प्रसाद श्रेष्ठ, आमा दुर्गा श्रेष्ठ, संयोजक सन्तोष लामा, समाजसेवी सम्भुजन कार्की, टाईम किपर हरिचन्द्र लामा लगायत अन्य रहेका थिए भने सिर्जना अधिकारीको कार्यक्रम संचालन रहेको थियो ।

कार्यक्रममा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । सो कार्यक्रमको सुरुवात देखी मिडिया संयोजकको रुपमा प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए भने मिडिया सपोर्टरको रुपमा बिरेन्द्र ओली रहेका थिए । गोल्डेन आई डान्स सेन्टरले आयोजना गरेको यस कार्यक्रममा गिनिज बुक अफ वल्ड रेकर्डस ईभेन्ट नेपालले ईभेन्ट म्यानेज गरेको थियो ।

कार्यक्रम अवधीभर साथ दिएको भन्दै सम्पुर्ण पत्रकार र दर्शकहरुलाई रुबिशा र एलिशाको बुवा आमा शन्त प्रसाद श्रेष्ठ र दुर्गा श्रेष्ठले आभार प्रकट गरेका छन् ।