Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

चलचित्र उनी मेरो जिन्दगीको शुभ मुर्हत

Tuesday, May 7, 2019 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
१४ , बैशाख / काभ्रेपलान्चोक – बनेपा लघु कथामा आधारित उनी मेरो जिन्दगी शुभ मुर्हत भएको छ शुक्रबार दिउँसो तीन बजे काभ्रे कोशिपारी चौरी देउराली गाउँपालिका ५ तुसारेका सबिन गौतमको अतिथि उनी मेरो जिन्दगी शुभ मुर्हत भएको छ ।

लघु कथामा आधारित उनि मेरो जिन्दगीको मुख्य रोलमा पनि सबिन गौतमको रहेको जानकारी गराउनु भएको छ ।
उनी मेरो जिन्दगी लघु कथामा आधारित चलचित्र सम्राट दाहालले निर्देशन गर्ने लागेका छन् ।

राजा रानी डिजिटलको प्रस्तुतिमा उनी मेरो जिन्दगी चलचित्र बन्न लागेको हो । चलचित्र लाई खड्क प्रसाद दाहाल र तारा दहालले निर्माण गर्न लाग्नु भएको छ ।

सम्राट दहालको कथा वस्तुमा बन्न लागेको लघु कथामा आधारित उनी मेरो जिन्दगीको हिरोको रोलमा सबिन गौतम रहेका छन् भने भिलेनको रुपमा बि कुमार गहतराज देख्न सकिन्छ ।

चलचित्रमा कर्ण बहादुर मगर र ममता लामाको पनि गाउले भुमिकामा प्रस्तुति देख्न सकिन्छ भने काभ्रे कोशिपारी चौरी देउराली गाउँपालिका ५ काठमान्डौ र चितवनमा चलचित्रको सुटिङ हुने निर्देशक दाहालले जानकारी दिनु भएको छ ।

यहीँ २६ देखि देशका विभिन्न ठाउँमा सुटिङ हुने र चलचित्रको छायांकन भने राजु श्रेष्ठ गर्ने उनी मेरो जिन्दगीको शुभ मुर्हत कार्यक्रममा बताएका छ्न ।