Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

६ लाख चोरेर भाग्दाभाग्दै युवक पक्राउ

Wednesday, May 1, 2019 National Power

काठमाडौं -प्रहरीले काठमाडौंको अनामनगरमा रकम चोरेर भागेका युवकलाई पक्राउ गरेको छ । सगरमाथा पलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयबाट ६ लाख चोरेर झ्याल फुटाएर भागेका २३ वर्षका किर्तन राईलाई प्रहरीले पक्राउ गरेको हो ।लालबहादुर राईको घरको पहिलो तलामा रहेको कार्यालयको ढोका फुटाई दराजको सेफभित्र राखेको ६ लाख रुपैयाँ झिकेर भागेका उनलाई स्थानीय वासिन्दाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

धरान उपमहानगरपालिका घर भई अनामनगर नै बस्दै आएका राई यसअघि पनि पटक पटक चोरीको सामानसहित पक्राउ परी कारबाही भोगेका व्यक्ति हुन् । ल्यापटप चोरी गरेको मुद्दामा २ वर्ष जेल बसेर छुटेका उनी छुटेको एक महिनामै फेरि पक्राउ परेका महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।उनीमाथि महानगरीय प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान सुरु गरेको छ ।