Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गायक खाती र गायिका गौतमले संचालनमा ल्याए शैलुुङ रोधि घर

Tuesday, April 23, 2019 National Power

काठमाण्डौ -लोकप्रिय गायक अमृत खाती तथा गायिका स्मृती गौतमले काठमाण्डौको जडीवुटीमा शैलुुङ रोधी घर संचालनमा ल्याएका छन् । आईतवारबाट सञ्चालनमा आएको रोधि घरले नेपाली लोकसंस्कृतिको जगेर्ना गर्नुका साथै नयाँ परिकारका पारखीहरुलाई लक्षित गरी रोधीघरको स्थापना गरेको हो । पारिवारिक वातावरणमा ग्रहाकले चाहे अनुरुपको खाना खाँदै लोकगीत संगीतमा झुम्न सक्नेछन् । यस रोधीघरले पुराना पुस्ताका कलाकारहरुलाई सम्मान गर्दै नयां पुस्ताका कलाकारहरुलाई समेत प्रोत्साहन गर्ने सञ्चालक तथा गायक अमृत खातीले बताए् ।

Singer : Amrit Khati


यहि बैशाख ५ गते देखी संचालनमा आएको रोधि घरले वैशाख १५ गते सम्म आफ्नो स्थापनाको विशेष अवसर भएको हुनाले हरेक बेलुकी राष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारहरुलाई सम्मानित गर्दै उद्घाटन समारोहको समेत कार्यक्रमहरु गर्दै आईरहेको छ । कार्यक्रममा वरिष्ठ गायिका एवं माननिय कोमल ओली सहित दर्जनो ख्याति प्राप्त सहभागी भैसकेका छन् भने सोही संख्यामा स.चारकर्मीहरुको पनि उपस्थिति रहेका छ ।


नेपाली संगीतिक क्षेत्रमा झण्डै दुई दशक विताएका खाती देश विदेशमा सञ्चालन गरिने सांस्कृतिक महोत्सवहरुमा मुख्य आकर्षकको केन्द्र बन्ने गरेका छन् भने उनलाई यस कार्यमा साथ दिएकी छिन् सुन्दर र आकर्षक गायिका स्मृति गौतमले ।
साँझ ६ वजे देखी रातको १२ वजे सम्म संचालनमा आउने रोधिघरले शान्त र सुरक्षित पारिवारिक माहौल आफ्ना ग्राहक वर्गहरुलाई दिने वताईएको छ ।