Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गजलकार गुमनामको “समय आएपछि” बजारमा

Thursday, February 28, 2019 National Power


१६ , फागुन / काभ्रेपलान्चोक – बनेपा नेपाली संगित जगतमा अलग उर्जा सहित गजल संग्रह “समय आएपछि” बजारमा आएको छ । संग्रहित एल्बममा ८ वटा गजलहरु संग्रह गरिएको छ । गजलकार धुव्र के.सि. (गुमनाम) को सृजना र संगितकार ईश्वर खत्रिको संगितमा सजिएका गजलहरुमा संगित संयोजन किरण कंडेलले गरेका छन् ।

मंगलबार काठमाडौंको निशहाय सेवा केन्द्र शान्तिनगरमा एक कार्यक्रम सहित उक्त गजल संग्रह वरिष्ठ गायक तथा संगितकार दिपक जंगमले विमोचन गरेका छन् ।


डि.ए.आर मुभिजले निर्माण र बजार व्यवस्थापन गरेको उक्त एल्बमको गजल समय आएपछिको म्युजिक भिडियो म्युजिक नेपालबाट डिजिटल मिडियामा सार्वजनिक गरिएको छ । गाएक प्रमोद खरेलले उक्त गितमा आफ्नो आवाज दिएका छन् । म्युजिक भिडियोमा चर्चित नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको साथमा रश्मि भट्ट, राजाराम गौतम, श्वेता गोले लगाएतको अभिनय रहेको छ ।


प्रभावन जे ले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा क्यामेरा टंक के.सि, ग्राफर विशेष मर्हजन, र सम्पादन नविन भट्टले गरेका छन् ।
गजलको म्युजिक भिडियो पर्यटकिय नगरी धुलिखेलमा छांयाकन गरिएको डि.ए.आर. मुभिजका व्यवस्थापक डिएन दाहाल (धनपति) ले जानकारी दिए ।
युटुवमा हेर्नको लागि तलको लिङ्कमा गएर हेर्न सकिन्छ ।
https://youtu.be/fNt4gLr9v9k