Thursday 30th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

वीर अस्पतालको लिफ्ट चुँडिदा दुईको मृत्यु, एक गम्भीर

Friday, February 22, 2019 National Power

काठमाडौं – वीर हस्पिटलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँएर दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर छन् । महागनरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख डीएसपी टेकुनन्द इवा लिम्बुका अनुसार मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधी र २० वर्षीय भूमिकुमार चौधरी छन् ।

सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन् । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । चिकित्सकहरुका अनुसार उनको आन्तरिक रक्तश्राव जारी छ । यद्यपि, कम्मरमुनिबाटै रक्तश्राव भइरहेकाले आत्तिहाल्नु पर्नै अवस्था छैन । प्रहरीका अनुसार तीन जनै निर्माण मजदुर हुन् । गएराति करिब ८ बजे सामान माथि लैजानलाई बनाइएको अस्थायी लिफ्टको चार तलामाथिबाट चुडिएर उनीहरु खसेका थिए । त्यसक्रममा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का व्यक्तिलाई हस्पिटल भर्ना गरिएको एक घण्टामा चिकित्सकहरुले मृत घोषित गरेका थिए । हाल घटनास्थलको मुचुल्का प्रक्रिया प्रहरीले सकेको छ । दुई जनाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।