Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

आदित्यको माया गर्ने मान्छे

Wednesday, February 20, 2019 National Power

८ , फागुन / बनेपा – काभ्रेपलान्चोक माया गर्ने मायालु जोडीहरुलाई लक्षित गरी आदित्य बुढाथोकीद्वारा निर्देशित प्रेम कथामा आधारित म्युजिक भिडियो ‘माया गर्ने मान्छे बजारमा आएको छ ।

गायिका जुनु गौतमको सुमधुर स्वरले सजिएको उक्त कर्णप्रीय गीतमा दृश्य र मनिताको जोडिले स्कीन सेयर गरेका छन् । यस गीतमा शब्द कोर्ने काम भने गाविन्द हुमागाईले गरेका छन् ।


अविरल साइलाको कम्पोज, भोला पौडेलको रेकर्ड तथा निरज श्रेष्ठको संगीत एरेन्ज रहेको माया गर्ने मान्छे को गीतलाई सुसन प्रजापतिले क्यामेरामा कैद गरेका छन् । उज्ज्वल ढकालको उत्कृष्ट सम्पादन रहेको भिडियोलाई आदित्य बुढाथोकीले निर्देशन गरेका हुन् ।