फागुन , १ / काभ्रेपलान्चोक – बनेपा एन.आर गौतमको स्वर र अभिनयमा एन.एर.जि क्रेडिट मिडिया प्रा.लिको प्रस्तुतिमा ” गाठो पार कसेर बोल ” को गित आज बाट युटुब मर्मत रिलिज भएको छ ।
गौतमको स्वर र अभिनयमा गाठो पार कसेर बोलको गित लोकलयमा आधारित गित हो । गितमा गायिका निर्मला थापा र काभ्रेका युवा गायक एन.आर गौतमले आवाज भरेका छ्न । विशुद्ध मनोरञ्जन दिने उदेश्यले निर्माण गरिएको लोकदोहोरी गितमा युवा उमेरमा हुने चचलता , प्रेमिलाभ भावना साथै ग्रामीण भेगको रहन सहन लोक बस्ती लाई आधार मनेर गायक गायिकाले आफुलाई देखे भोगेका कुरा गित मर्मत उतारेका छ्न ।
आज बाट सार्वजनिक भएको गाठो पार कसेर बोलको गित एन.एर.जि क्रेडिट मिडिया युटुब च्यानल बाट आएको हो ।
माया प्रेममा आधारित रहेर तयार गरिएको गितमा स्वर एन.आर गौतम र निर्मला थापाको रहेकोे छ भने लय तथा शब्द बिरेन्द्र कुवरको रहेको छ । रमणीय स्थलमा छायांकन गरिएको गितको भिडियो निर्देशन भने दिलिप राईले गरेका हुन ।
गाठो पार कसेर लोकदोहोरी गितको उत्पादक तथा बितरक एन.एर.जि क्रेडिट मिडियाले गरेको छ भने गितमा सम्पादन
भिम रावलले गरेका छ्न । गाठो पार कसेर बोलको लोकदोहोरी गितजो क्यामारा मेन भने देव राज आचार्य रहेका थिए ।
यस्तै अभिनयमा एन.आर गौतम , लक्ष्मी , डम्बर , गंगाको बेजोड प्रस्तुति रहेको छ।