Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सन्जिव कुमारको लिरिकल भिडियो युट्युबबाट सार्वजनिक

Friday, February 1, 2019 National Power


काठमाण्डौ – सन्जिब कुमार पौडेलले आफ्नै सङ्गीतरस्वरमा रहेको गीत ‘सुनसान रातमा आँखा खोली तस्बीर हेर्दै होलिन्’ को लिरिकल भिडियो युट्युबबाट सार्वजनिक गरेका छन् । भिडियो उनले आफ्नै युट्युब च्यानल ‘सुर सरगम म्युजिक’ बाट सार्वजनिक गरेका हुन् । देवी घिमिरेको शब्दरचना रहेको यो गीतमा देवेन्द्र नेवाको म्युजिक एरेन्ज रहेको छ भने लिरिकल भिडियो सम्पादक राजन खरेलले तयार पारेका हुन् । आफूबाट टाढा रहेकी प्रेयशी यतिबेला के के गर्दै होलिन् भन्ने कल्पना गीतमा गरिएको छ । गीतकार आफ्नी प्रेयशी यसो गर्दै होलिन् , उसो गर्दै होलिन् भन्ने मीठा भाव सागरमा डुबेका छन् गीतको विषयबस्तु नित्तान्त नौलो र मौलिक प्रस्तुतिमा रहेको छ ।
सानैदेखि सङ्गीतमा रुची राख्ने गरेका गायक सन्जिब कुमार ७-८ बर्षको फुच्छे हुँदैदेखि स्कुलका गायन प्रतियोगिताहरुमा भाग लिन्थे भने १२-१३ बर्षको उमेरदेखि नै उनले हार्मोनियम बजाएर गीत गाउन थालिसकेका थिए पहिलोपटक ०५९ सालमा लक्ष्मी न्यौपानेसँग युगल गीत गाएका सन्जिबले केही समय फुटकर रुपमै अन्य गीत रेकर्ड गरेका थिए ०७० मा उनको एकल स्वरको एल्बम ‘अठोट’ सार्वजनिक भएको थियो।

०६८ मा पशुपतिनाथ सङ्गीत प्रतिष्ठानद्वारा आयोजित भजन प्रतियोगितामा दोस्रो स्थान हासिल गरे पश्चात दत्तचित्त भई सङ्गीतमा लागेको उनी बताउँछन् ।
त्यसपछि उनले ०७३ मा ‘अतृप्त’ र ०७४ मा ‘अस्तित्व’ शीर्षकका एकल एल्बम पनि प्रकाशन गरिसकेका छन् ।पूर्व समयमा प्रखर सङ्गीत गुरु चन्दन कुमार श्रेष्ठका चेला रहेका सन्जिव हाल चण्डी प्रसाद काफ्लेसँग शास्त्रीय सङ्गीत सिकिरहेका छन् । खगेन्द्र दाहालको एकल शब्द तथा आफ्नै सङ्गीतरस्वरमा नयाँ एल्बमको तयारी गरिरहेको कुरा समेत गायक तथा सङ्गीतकार पौडेलले जानकारी गराएका छन् ।