Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को उत्कृष्टताको प्रमाण पत्र वितरण

Monday, January 28, 2019 National Power

काठमाण्डौ – पावर ईनटरनेशल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को उत्कृष्टताको प्रमाण पत्र वितरण कार्यक्रम माघ १४ गते काठमाण्डौमा सम्पन्न भएको छ ।

कुल ५१ वटा विधामा यहि माघ २४ गते राष्ट्रिय नाचघरमा सम्पन्न हुन गईरहेको अवार्ड कार्यक्रमको उत्कृष्टमा परेका स्रष्टा एवम् सर्जकहरुलाई आज उत्तर ढोका स्थतित किङ्स प्यालेस रोदी क्लवमा उत्कृष्टताको प्रमाण पत्र वितरण गरिएको हो । नेपालमा बोलिने विभिन्न भाषा भाषीको सम्मान उदेश्यले गत वर्ष देखी आयोजना हुदै आईरहेको समावेशी अवार्डमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने पाँच जनालाई सम्मान गरिने आयोजक पक्षले जनाएको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री माननिय लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, वरिष्ठ पत्रकार शान्तिप्रिय, भरत बम्जन, विजयरत्न तुलाधर, संगीतकर्मी जुगल डंगोल, पत्रकार श्याम स्मृत, मोहन पन्त, गीता अधिकारी, किरण अधिकारी, सुर्य चन्द सविता पोखरेल, राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेनद्र कार्की, उपाध्यक्ष श्याम धिताल र विक्रमजंग शाह प्राविधिक एवं कलाकार विपिन भाट, पूर्ण राई, लव प्याकुरेल, च्याङ्वा लामा, ईन्दिरा भट्टराई, रविन आचार्य, राजन थापा र नमस्ते नेपाल ईन्टर नेशनलका शिशिर मगर, अमिर न्यौपाने,नवराज थापा, गोपाल परियार, नागेन्द्र चौलागाई र सम्झाना डोटेल लगाएतका व्यक्तित्वहरुको सहभागिाता रहेको थियो ।


म्यूजिक अवार्डकी संयोजक कमला जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई कार्यक्रमकम अध्यक्ष माधव राज खरेल र सदस्य सचिव श्रीदेव भट्टराईले कार्यक्रम संचालन गरेका थिए ।