Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

भुम्लु गाँउपालिका तीनदिनसम्म माटो परिक्षण

Sunday, December 30, 2018 National Power

 

१५ पुष २०७५, आईतवार / दोलालघाट – हरेक वडाका किसानहरुवाट माटो संकलन गरेर भुम्लु गाँउपालिकाले दोलालघाटमा ल्याएर माटो परिक्षण सुरु गरेको छ ।

काभ्रेको भुम्लु गाउँपालिकाले गाउँमै किसानहरुको लागि माटो परिक्षणको ब्यवस्था गरिदिएको छ । काभ्रेको कोशीपारि भुम्लु गाँउपालिकाको १० ओटानै वडाका किसानहरुको माटो परिक्षण आजबाट सुरु भएको छ ।

भुम्लु गाँउपालिकाले केही महिनादेखि कृषकहरुलाई माटो परिक्षण पश्चातहुने फाईदाको बारेमा वडामै पुगेर जागरुक बनाएपछि आज आइतबार देखि गाउँपालिकाको ८ नं वडा दोलालघाटमा माटो परिक्षण सुरु गरिएको छ ।

भुम्लु गाँउपालिकामा व्यावसायिक र उन्नत जातका कृषि उपज वृद्धिका लागि ३ दिनसम्म बृहत माटो परिक्षण गर्न लागेको हो । कृषकहरूको जग्गा जमिनको माटो परीक्षण, माटो अनुसार मलको प्रयोग, मौसमअनुकूल खेती गर्ने विधिलगायतका ज्ञान प्राप्त र जानकारीको लागि गाउँमै यस्तो ब्यवस्था गरेको गाउँपालिका अध्यक्ष गुमानध्वज कुवरले बताए । तीन दिनमा ६ सय किसानको माटाको परिक्षण गरिने छ ।

उक्त माटो परिक्षण गर्ने ठाउँमा पौषको १५ देखि १७ गतेसम्म हरेक वडा–वडावाट कृषकहरुले संकलन गरेको माटोको परिक्षण छ । काभ्रेको विकट क्षेत्रमा पर्ने कोशीपारिको भुम्लु गाँउपालिकाले हरेक वडाका किसानहरुको माटोको अवस्थाको अध्ययन गरेर सोही अनुसारको खेती प्रणालीमा सहभागी हुने योजना गाउँपालिकाले अघि सारेको छ ।

भुम्लु गाँउपालिका कृषि शाखाका ज्ञानेन्द्र दाहालले सबै वडामा पुगेर कृषकहरुलाई खेती प्रणालीका लागि माटोको आवश्यकता बारे जानकारी गराई सकेको बताउँदै परिक्षणमा गाँउपालिकाभरीका स्थानीयले सहभागीता जनाउने बताए